global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ क्लाउडफ्लेयर डाउन हुँदा विश्वभरका वेबसाइटहरूमा देखियो समस्या

क्लाउडफ्लेयर डाउन हुँदा विश्वभरका वेबसाइटहरूमा देखियो समस्या

क्लाउडफ्लेयर डाउन हुँदा विश्वभरका वेबसाइटहरूमा देखियो समस्या

क्लाउडफ्लेयर नै डाउन आउँदा नेपालसहितका देशहरूमा सञ्चालन भइरहेको विभिन्न वेबसाइटमा समस्या आएको छ ।

मङ्गलबार अपरान्ह करिब ५ बजेपछि नेपालका अधिकांश सञ्चारमाध्यमका वेबसाइटमा समस्या आइरहेको छ । योसँगै सामाजिक सञ्जाल एक्स, स्पोर्टिफाईलगायत पनि डाउन छन् ।

क्लाउडफ्लेयरले एक सूचना जारी गरी मेन्टेनेन्सको काम भइरहेको भन्दै आवश्यक जानकारी प्रवाह गर्ने जनाएको छ । क्लाउडफ्लेयरले पीपीटी (टाहिटी) डेटा सेन्टरमा मर्मतको काम भइरहेको जनाएको छ ।

कम्पनीले मङ्गलबार १२ बजेदेखि चार बजे (यूटीसी) मा मर्मतको तालिका बनाएको छ । यो भनेको नेपाली समयअनुसार बेलुकी ९ बजेसम्मको समय हो ।

उक्त डेटा सेन्टर हुँदै चल्ने वेबसाइट रिराउट गरेर चलाइने भएकाले ल्याटेन्सी बढेर समस्या आउन सक्ने भन्दै क्लाउडफ्लेयरले सचेत गराएको छ ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु