गृहपृष्ठ सरकारको मनासय निर्वाचन गराउने नरहेको ज्ञवालीको दाबी
सरकारको मनासय निर्वाचन गराउने नरहेको ज्ञवालीको दाबी
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जेनजीको नाममा भएको असन्तुष्टि र विद्रोह बाह्य शक्तिहरूले पूर्वयोजना अनुरुप भएको आरोप लगाएका छन् । भदौ २३ र २४ गतेको घटनालाई ‘ढाल’ बनाएर देशलाई अस्थिर बनाउने प्रयास भइरहेको उनको आरोप छ ।
शनिबार प्रेस चौतारी नेपाल, जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले मुलुक अहिले राजनीतिक अस्थिरता र बाह्य चलखेलको चक्रव्यूहमा फसेको दाबी गरे । “वर्तमान सरकार संविधानले मान्यता नदिएको हो । चुनावमा पनि अग्रसर छैन,” उनले भने, “संसद् पुनःस्थापना नहुँदा र चुनाव नभए थप संकट आउँछ ।”
ज्ञवालीले वर्तमान प्रधानमन्त्री र उनको वरपरको समूहले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा चुनाव रोक्ने वातावरण बनाइरहेको बताए ।
“पुरानै नेताहरू आए खारेज गर्छौं भन्ने चेतावनी दिँदै चुनावको मिति तोक्ने, तर शीर्ष नेताहरूलाई उपत्यका बाहिर जान नदिने काम भइरहेको छ,” उनले भने, “यसरी कसरी चुनाव हुन्छ भनेर जनता कसरी विश्वास गर्ने ?”
प्रकाशित समय : १३:२५ बजे




















