गृहपृष्ठ ह्वाट्सएपमा नयाँ फिचर, अब फेसबुक र इन्स्टाग्रामकै युजरनेम रिजर्भ गर्न सकिने
ह्वाट्सएपमा नयाँ फिचर, अब फेसबुक र इन्स्टाग्रामकै युजरनेम रिजर्भ गर्न सकिने
मेसेजिङ एप ह्वाट्सएपले छिट्टै आफ्ना प्रयोगकर्ताका लागि ‘युजरनेम’ फिचर ल्याउने भएको छ । लामो समयदेखि चर्चामा रहेको यो सुविधाले प्रयोगकर्तालाई आफ्नो फोन नम्बर शेयर नगरी अरूसँग जोडिने विकल्प दिनेछ ।
बाहिरिएको पछिल्लो जानकारी अनुसार ह्वाट्सएपले यो फिचरलाई थप सहज बनाउन आफ्नो मातृ कम्पनी मेटाका अन्य प्लेटफर्म फेसबुक र इन्स्टाग्रामसँग जोड्ने तयारी गरेको छ ।
ह्वाट्सएपबारे जानकारी दिने प्लेटफर्म डब्लुएबेटा इन्फोका अनुसार प्रयोगकर्ताले अब आफ्नो फेसबुक वा इन्स्टाग्राममा प्रयोग गरिरहेकै युजरनेम ह्वाट्सएपका लागि पनि अग्रिम रिजर्भ गर्न सक्नेछन् ।
प्रकाशित समय : १३:१९ बजे




















