काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपा छाडेका परियारसहित नयाँ दल खोल्ने तयारीमा

3.84K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेका छन्।

नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्शपछि नयाँ दल खाेल्ने बताइएकाे हाे।

यसैबीच रास्वपा परित्याग गरेका परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियानबीच ५ बुँदे सहमति भएको छ।

सहमतिपत्रमा नेसपा (नयाँ शक्ति) को तर्फबाट दुर्गा सोव, प्रगतिशील जागरण अभियानबाट सुदन किराँती र आजमात्रै रास्वपा परित्याग गरेको परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा नेसपा (नयाँ शक्ति) का पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु पनि सहभागी थिए।