global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको छ । उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा हस्तान्तरण गरे ।

सहयोग सामग्री इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल तथा इलाका पुनर्निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विर्तामोड शाखाका शाखा प्रमुख सुशील थापाले झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर पनि प्रदान गरे ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै, संस्था सधैं सामाजिक उत्तरदायित्व, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतामा दृढ रहेको जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका पुनर्निर्माण र सहयोगमूखट्ठ गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु