काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

3.65K
shares

हेटौंडा । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ ।

असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो ।

शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।

चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।

कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । कुलेखानीको पानीले नेपाल विद्युत् प्रधिकरणको स्वामित्वमा रहेको कुलेखानी प्रथम, द्वितीय र तृतीय जलविद्युत आयोजनाबाट क्रममा ६० मेगावाट, ३२ मेगावाट र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ ।