नयाँ पार्टी खोल्ने खगेन्द्र सुनारको घोषणा
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १४:०९
shares

दलित अभियन्ता खगेन्द्र सुनार दैलेखीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । दलितको झण्डा र एजेन्डा सिंहदरबार पुर्याउन नयाँ दल खोल्ने तयारी भएको उनले बताए ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले भने ।




















