काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा पार्टी एकता बारे छलफल जारी

2.77K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् ।
बिहिबार भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्न भिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए ।

उनका अनुसार बैठकमा कसैले पार्टी एकता अहिले गर्नु हुदैँन् एक्लै अगाडि बढ्नु पर्छ भन्ने धारणा राखेका छन् भने कसैले पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने धारणा राखेको छन् ।

‘बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भयो । यसबारेमा पार्टीमा भिन्न भिन्न मतहरु आएका छन् । कसैले पार्टी एकता अहिले गर्नु हुदैँन् हामी एक्लै अगाडि बढ्नु पर्छ भन्ने कुरा गर्नु भएको छ भने कतिले भने आजको परिस्थितीले हामीलाई पार्टी एकता गर्ने स्थानमा पु¥याएको छ ।

कम्युनिष्टहरु एउटै पार्टीमा एकताबद्ध हुनुपर्छ र त्यस्तो भयो भने मात्र हामीले सबै किसिमका प्रतिक्रियावादीहरुलाई समाप्त गरेर जनताको बहुदलिय जनवाद, जनताको समाजवाद निर्माण गर्न सक्छौ भन्ने विषय राख्नु भएको छ,’ उनले भने । साथै, बैठक भोलीसम्म जारी भएको हुनाले निर्णय भोली मात्र आउने पनि उनको भनाई छ ।