काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरी प्रभाग नगरकोटको भवन निर्माण

2.5K
shares

विसं २०७२ को भूकम्पबाट भत्किएर विभिन्न टहरामा सञ्चालन हुँदै आएको प्रहरी प्रभाग नगरकोटको नयाँ भवन निर्माण गरिएको छ । चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पर्यटकीय क्षेत्रमा बस्दै आएका प्रहरीका लागि उक्त तीनतले भवन निर्माण भइ सञ्चालनमा आएको हो ।

भवन भत्किएपछि उक्त प्रहरी प्रभाग तीन वर्ष त्रिपालमुनि सञ्चालन गरिएको थियो । कूल चार करोड ४६ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

विसं २०५४ मा तत्कालीन गाउँ विकास समितिले उपलब्ध गराएको चार रोपनी क्षेत्रफल रहेको सार्वजनिक जग्गा तीन वर्षअगाडि नेपाल प्रहरीका नाममा आएपछि भवन निर्माण थालेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । अहिले सो प्रहरी प्रभागमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी खटिएका छन् ।