गृहपृष्ठ मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियो सहित)

मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियो सहित)

मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियो सहित)

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ ।

भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा मन्थलीको तामाकोसी सेवा समिति परिसरमा आँखा केन्द्रको दुई तले भवन बनेको हो ।

कूल डेढ करोड रुपैँयाको लागतमा बनको भवनमा ५५ प्रतिशत लगानी भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डको रहेको आँखा केन्द्रका अध्यक्ष डा.सुमन कर्माचार्यले जानकारी दिए ।

नवनिर्मित भवनको भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले उद्घाटन गरे । भवन उद्घाटन अघि भएको प्रेस ब्रिफिङ कार्यक्रममा डा.रोमनले आफू सन् १९९६ मा पहिलो पटक नेपाल आएको बताउँदै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग मिलेर आँखा उपचार शिविर सञ्चालन गरेको बताए ।

फाउण्डेसनले आँखा उपचार केन्द्र स्थापनाको लागि पनि सहयोग गर्दै आएको उनले जानकारी दिए । कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डा.मोहनकृष्ण श्रेष्ठले रामेछाप तिलगंगा आँखा प्रतिष्ठानले रामेछापमा तामाकोसी सेवा समितिसँग मिलेर २४ वर्षदेखि सेवा दिँदै आएको जानकारी दिए ।

नयाँ भवन बनेपछि सर्जिकल केन्द्रमा आँखाको अप्रेसन सहितको विशिष्ट सेवा सञ्चालन हुनसक्ने बताए । काठमाडौं बाहिर नुवाकोट र धादिङमा यस्तो भवन बनिसकेको जानकारी दिँदै उनले रामेछापको भवन काठमाडौं बाहिरको तेस्रो भवन भएको बताए ।

उनले तिलगंगा आँखा केन्द्रले आँखा स्वास्थ्यको क्षेत्रमा गरेको काम बारे जानकारी दिँदै रामेछापमा मात्र २४ वर्षका अवधिमा एक लाख बढी आँखाका रोगीलाई सेवा दिइसकेको बताए । तिलगंगाले आँखासँग सम्बन्धित मुख्य ६ वटा कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै उनले समुदाय स्तरसम्म आँखा उपचार सेवा पु¥याउन प्रतिष्ठानले काम गर्दै आएको जानकारी दिए ।

श्रेष्ठले आँखा उपचार सेवाको लागि प्रतिष्ठान पत्रकारसँग पनि मिलेर काम गर्न तयार रहेको बताए । उनले रामेछापका पत्रकारको निःशुल्क आँखा उपचारको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल पत्रकार महासंघको जिल्ला शाखासँग सम्झौता नै गरेर सो कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु