नेपाल एसबिआई मर्चेन्ट बैंकिङको दशौँ वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८२ असोज २७ सोमवार १७:०४
shares

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीको आ।व। २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण ९आषाढ मसान्त २०८२ को वासलात, आ।व। २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत० पारित गरेको छ ।
सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले पाँच करोड रुपैँया बराबरको नगद लाभांश ९नगद लाभांशमा लाग्ने कर सहित० वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए।पि। एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

























