काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास

2.68K
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।

विजया दशमी २०८२ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताएको छ । उनले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन आह्वान गरेको छ ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिङ्गो मुलुक उभिएको जनाउँदै संयोजक दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बेला आएको बताएको छ ।

माओवादी पार्टीले ‘जेनजी’का मागलाई समर्थन तथा पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको संयोजक दाहालले सन्देशमा उल्लेख गरेको छ ।