global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आइतबार) सुनको मूल्य बढेको  छ ।

आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु