काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

3.8K
shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ।

कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरूमा रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले असार ७ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर ०.६५ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।

बाँडफाँडपछि कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बाँकी रहेको छ जुन प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्रीमा आउने भएको छ।