गृहपृष्ठ जेनजी आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे नेपाल चेम्बर र आईएमएफबीच छलफल
जेनजी आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे नेपाल चेम्बर र आईएमएफबीच छलफल
जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ ।
आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधी प्रनव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा आज छलफल भएको हो ।
आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले चेम्बर भवनमा अध्यक्ष अग्रवालसंग जेनजी आन्दोलनका क्रममा भएको क्षति र आर्थिक पुर्नउत्थान सम्बन्धमा निजी क्षेत्रको तयारीबारे जिज्ञासा राखेका छन् ।
वर्तमान कठिन परिस्थितीमा निजी क्षेत्रले आत्मबल उच्च बनाएर सरकार र सरोकारवाला निकायसंग सहकार्य गरिरहेको उनले जानकारी गराए । चेम्बर अध्यक्ष अग्रवालसंगको भेटका क्रममा आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले नेपालको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित समय : १७:२४ बजे



















