global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती पेस गर्ने छन्।

पुरुषमा हिमाल अर्यालले एफ-५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्ने छन्। महिलामा प्रभा आङदेम्बेले टी-४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन्।

दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्। प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जितेकी थिइन्।

अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन्।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु