गृहपृष्ठ माओवादीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग
माओवादीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग
नेकपा माओवादी केन्द्रमा पार्टीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व गर्न माग गरेका छन्।
जेनजी कार्यकर्ताले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पत्र बुझाएका हुन्।
पार्टीभित्र नै नयाँ पुस्ताको सहभागिता सुनिश्चित गरिएन भने, उनीहरू पार्टी बाहिर जान बाध्य हुन्छन् जसले सङ्गठन कमजोर हुने उल्लेख छ।
प्रकाशित समय : १६:०८ बजे



















