global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ तुईन खोला पहिरो बारे चितवन प्रहरीको ब्रिफिङ र अनुरोध

तुईन खोला पहिरो बारे चितवन प्रहरीको ब्रिफिङ र अनुरोध

तुईन खोला पहिरो बारे चितवन प्रहरीको ब्रिफिङ र अनुरोध

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला पहिरो सम्बन्धी पछिल्लो विवरण जानकरी गराएको छ ।

मंगलबार साँझ करिब ६ बजे तुइन खोला नजिक ठुलो पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिलेसम्म सुचारु हुन सकेको छैन । हाल दुवैतर्फ मुग्लिन र नारायाणघाट तर्फबाट पहिरो हटाउने काम भइरहेको छ ।

यस्तो छ पछिल्लो जानकारी :

१- ईच्छाकामना वडा नम्बर ५ चितवन स्थित तुईनखोलामा पहिरो खस्ने र सफा गर्ने काम पहिलेबाटै भएको ।

२- पछिल्ला समय मिति २०८२/०६/०७ गते साँझ ५ बजे तुलानात्मक रुपमा ठूलो पहिरो आई दुवैतर्फबाट बाटो अवरोध भएको ।

३- पहिरो खस्ने क्रम कायमै रहेको हुँदा रातको अध्यारोमा पहिरो पन्छाउने तथा दिनमा पनि पहिरो खसेको बेला अवरोध हटाउने कार्यमा असहज भइरहेको ।

४- मिति २०८२/०६/०८ गते बिहान ०६:३० बजे बाट ४ वटा डोजर/मेसिन प्रयोग गरी पहिरो हटाउने काम भईरहेको ।

अनुरोधः

१- पहिरोको परिमाण तुलानात्मक रुपमा बढी भएको हुँदा उक्त पहिरो हटाउन १ दिन भन्दा बढी समय लाग्ने हुँदा सम्भव भए सम्म वैकल्पिक मार्ग प्रयोग गरिदिनु हुन ।

२- वैकल्पिक बाटोको बारेमा आफ्ना साथीभाई तथा चिनजानका यात्रुहरुलाई जानकारी समेत दिनु हुन ।

३. पहिरो नजिक नगई आफ्नो सवारी तोकिएको ठाँउमा व्यवस्थापन गरी ट्राफिक व्यवस्थापन एंव सुरक्षा व्यवस्थापन गरी सहयोग गरिदिनु हुन ।

४- चालक महानुभावहरुले आफुखुसी सवारी पार्कीङ नगरी तोकिएको ठाँउमा पार्किङ गरी सहयोग गरी दिनु हुन ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु