global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन ।

कर्मचारी तथा विकास साझेदारहरूसँग आज यहाँ एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उनले जस्तोसुकै विषम परिस्थितिमा जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको उल्लेख गरे।

जेनजी प्रदर्शनमा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध छ । यसअघि मुख्यमन्त्री शाहले क्षतिग्रस्त विभिन्न मन्त्रालयसहित २९ वटा कार्यालयको निरीक्षण गरेका थिए ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु