global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भिसा नलागेपछि युनिटी कप खेल्ने क्रिकेट टोलीको युएई यात्रा प्रभावित

भिसा नलागेपछि युनिटी कप खेल्ने क्रिकेट टोलीको युएई यात्रा प्रभावित

भिसा नलागेपछि युनिटी कप खेल्ने क्रिकेट टोलीको युएई यात्रा प्रभावित

संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ। युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेटर समेत प्रभावित भएका हुन्।

ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो। टोली शुक्रबार त्यसतर्फ जाने तयारीमा थियो। तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले बताएका छन्। नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ। तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ।

नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ। आन्दोलनपछि नेपालका हजारौं कैदी जेल तोडेर भागेपछि उनीहरु आउनसक्ने भन्दै सुरक्षा चुनौती देखाएर भिसा बन्द गरेको बताइएको छ। यद्यपी युएईले यस बारेमा अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु