काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन नेपाल लाइफ इन्स्योरेन्सको बिमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

2.96K
shares

सन नेपाल लाइफ इन्स्योरेन्सले बिमाशुल्क भुक्तानी ईसेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।

कम्पनीले जनाएको अनुसार बिमालेख नविकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बिमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुनेछ । कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बिमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।