गृहपृष्ठ ट्रम्पले फोन गरे मोदीलाई दिए जन्मदिनको शुभकामना

ट्रम्पले फोन गरे मोदीलाई दिए जन्मदिनको शुभकामना

ट्रम्पले फोन गरे मोदीलाई दिए जन्मदिनको शुभकामना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् । मोदी ७५ वर्ष पुगेका छन् । योसँगै भारत–अमेरिका सम्बन्धमा सम्भावित सुधारको सङ्केतको रूपमा हेरिएको छ ।

फोनवार्ताका क्रममा ट्रम्पले रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि भारतले दिएको समर्थनप्रति धन्यवाद दिएका थिए । जवाफमा मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता पुनः व्यक्त गरेका थिए।

मंगलबार राति मोदीलाई फोन गरेका ट्रम्पले राति ११ः३० बजे आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा प्रधानमन्त्रीसँगको कुराकानीको बारेमा जानकारी गराएका थिए।

ट्रम्पलाई जवाफ दिँदै सामाजिक सञ्जाल एक्समा मोदीले पनि लेखेका छन्, ‘धन्यवाद, मेरो साथी, राष्ट्रपति ट्रम्प । तपाईंको फोन कल र मेरो ७५ औँ जन्मदिनको शुभकामनाको लागि धन्यवाद । तपाईं जस्तै, म पनि भारत र अमेरिकाबिचको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको तपाईंको पहललाई समर्थन गर्छौँ ।’

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु