गृहपृष्ठ एशियन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा छुट दिने

एशियन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा छुट दिने

एशियन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा छुट दिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखअन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु असोज १ गतेदेखि कात्तिक २५ गतेभित्र पुनर्जागरण बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

सूचना अनुसार कम्पनीले ५ वर्षदेखि माथिको व्यतित बीमालेख पुनर्जागरण गर्दा कम्पनीले ब्याजमा ५० प्रतिशत छुट दिनेछ। साथै, २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको व्यतित बीमालेख पुनर्जागरणा गर्दा बीमितले ब्याजमा २५ प्रतिशत छुट पाउनेछन्।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु