गृहपृष्ठ जुम्लामा खाद्यान्नको सुपथ पसल: सञ्चालन

जुम्लामा खाद्यान्नको सुपथ पसल: सञ्चालन

जुम्लामा खाद्यान्नको सुपथ पसल: सञ्चालन

जुम्लामा दसैँ र तिहारलगायत पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल सञ्चालनमा ल्याएको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।

कम्पनीका अनुसार चामल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । कार्यालय प्रमुख जोशीले भने, “आजदेखि सहुलियत पसल सञ्चालनमा आएको छ । खाद्यान्न र चिनीमा प्रतिकेजी पाँच छुट दिइनेछ । चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमार्फत एक हजार १०० क्विन्टल चामल र २०० क्विन्टल चिनी बिक्री गर्ने लक्ष्य रहेको छ ।”

आफ्नो परिचय खुल्ने जुनसुकै प्रमाणपत्रको प्रतिलिपीको आधारमा एक जनालाई ५० किलोग्रामसम्म मसिनो चामल प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसैगरी तिला गाउँपालिकाको जुम्लाकोट डिपो र सिञ्जा गाउँपालिकाको धापा डिपोबाट पनि सहुलियतको चामल र चिनी वितरण गरिने भएको छ ।

भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म उक्त सहुलियत पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ ।

प्रकाशित समय : १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु