nmb bank

गृहपृष्ठ दशैँको अवसरमा हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफरः स्कुटरदेखि आईफोन १७ सम्म

दशैँको अवसरमा हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफरः स्कुटरदेखि आईफोन १७ सम्म

दशैँको अवसरमा हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफरः स्कुटरदेखि आईफोन १७ सम्म

हुकुट स्टोरले दशैँको अवसर पारेर ‘स्पिन एन्ड विन’ अफर ल्याएको छ । दशैँको फूलपाती (१३ असोज) सम्म मान्य हुने गरि स्टोरले उक्त अफर ल्याएको हो ।

अफरमा स्कुटर, पीएस ५, आईफोन १७, सुन समेतका उपहार ग्राहकहरूले जित्न सक्ने स्टोरले जनाएको छ । तीन हजार रुपैयाँभन्दा माथिको सामान किन्दा ग्राहकहरूले तीन पटक स्पिन गर्न पाउनेछन् । पहिलो स्पिनमा हजार रुपैयाँसम्म क्याश ब्याक, दोस्रो स्पिनमा एयरबड, स्मार्ट वाच र तेस्रो स्पिनमा बम्पर उपहारमा स्कुटर, पीएस ५, आईफोन १७ वा सुन जित्न सक्नेछन् ।

स्टोरले चार लाख रुपैयाँमा बिक्री गर्दै आएको एप्पल म्याकबुक प्रो एम ४ तीन लाख २९ हजार ९९९ रुपैयाँमा बिक्री गर्दैछ । एक लाख ८८ हजार रुपैयाँ पर्ने एसुस जेनबुक १४ ओलेड २०२५ ल्यापटप १ लाख ७१ हजार ९९९ रुपैयाँमा, एक लाख ८० हजार रुपैयाँ पर्ने एसर निट्रो भी १६ एक लाख ४४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु