nmb bank

गृहपृष्ठ भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ ।

पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय टोलीको यो व्यवहारको विरोधमा पाकिस्तानका कप्तान सलमान अली आगा खेलको समापन समारोहमा उपस्थित नभएको बताइएको छ ।

यसैबीच पाकिस्तानका प्रशिक्षक माइक हेसनले पाकिस्तानी टोलीको प्रतिक्रियालाई स्वाभाविक भनेका छन् ।

भारतले यो खेल जित्दा कप्तान सूर्यकुमार यादव र शिवम दुबे ब्याटिङ गरिरहेका थिए । उनीहरूले विपक्षी टोलीका खेलाडीसँग हात मिलाउनुको सट्टा तुरुन्तै मैदानबाट बाहिरिएका थिए ।

यसपछि पाकिस्तानी टोली भारतीय खेलाडीहरूसँग हात मिलाउन भारतीय डगआउट नजिक आएको थियो तर त्यतिन्जेलसम्म भारतीय खेलाडीहरू ड्रेसिङ रुममा गइसकेका थिए ।

यसअघि खेलको शुरूमा टसको समयमा पनि भारतीय कप्तान सूर्यकुमार यादव र पाकिस्तानी कप्तान सलमान अली आगाले एकअर्कासँग हात मिलाएका थिएनन् ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु