काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते

2.52K
shares

रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।
हाल कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।