गृहपृष्ठ जेन–जी प्रदर्शनः मृत्यु हुनेको संख्या १५ पुग्यो,२२ को अवस्था गम्भीर
जेन–जी प्रदर्शनः मृत्यु हुनेको संख्या १५ पुग्यो,२२ को अवस्था गम्भीर
काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजकपवन पौंडेलले जानकारी दिए ।
उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् ।
उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।
सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर,एभरेष्ट अस्पताल ,पाटन अस्पताल,काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।
प्रकाशित समय : १७:१४ बजे


















