देशभक्त नागरिक मञ्चले गर्यो चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक
वि.सं.२०८२ भदौ २० शुक्रवार १९:५२
shares

काठमाडौं । देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भूमिलिम्पिया धुरा, लिपुलेक माथिको अतिक्रमणलाई रोक्नको लागि चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक गरेको छ ।
शुक्रबार रिपोर्टर्सक्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले हराएको नेपाल राष्ट्र खोज्न र लुकाईएको नेपाल राष्ट्र खोस्न उठ्नको लागिअपिलगर्दै चिनियाँ दूतावासमा नागरिकको सुझाव सहित पत्र बुझाईएको जानकारी गराएको हो ।
मञ्चले चीनलाई नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको कुरालाई स्थापित गर्नको लागि सहयोग गर्न समेत आग्रह गरेको छ । मञ्चका संयोजक गोविन्द बोहोराको हस्ताक्षरमा चिनियाँ दूतावास र युएनको लागि पत्राचार गरिएको हो ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राजनीतिक दलहरुले गर्नुपर्ने काम नागरिक मञ्चले गरेको भन्दै सुगौली सन्धिले कालीपूर्व र काली पश्चिम भनेको स्मरण गराए ।
उनले राणा प्रधान मन्त्रीहरु सिमांकनको विषयमा गम्भीर रहेको कुरा जंगबहादुरले पहिला सिमांकनको अडान लिनुले प्रष्टपारेको पनि बताए ।
केसीले चीनतर्फ १४ सय किलोमिटर रभारतर्फ १८१८ किलोमिटर रहेको तथ्यांक पेश गरे । उनले चीन सँगसिमा विवाद नभएको जिकिर गरे । उनले चीनतर्फ नेपालको सिमा विवाद नगन्य मात्रामा रहेको बताए ।
पत्रकार सम्मेलनमा डा. विजय मिश्र, दुर्गा प्रसाद पौडेल, राम प्रसाद मैनाली, दिलिप थापा मगरले पनिआफ्नो धारणा राखेका थिए ।
























