global ime bank Long Banner Ad

गृहपृष्ठ चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव अध्यक्ष यादव-उद्घाटन राजविराज(सप्तरी), १४ साउन : जनता समाजवादी पार्टी नेपाल सप्तरीको राजविराजमा बुधबार आयोजित प्रथम एकता अधिवेशनको उद्घाटन गर्नुहुँदै पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव । तस्बिर : अरुणकुमार यादव/रासस

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन ।

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताए । उनले भने, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ ।”

यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाए । भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उनको भनाइ छ ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उनले भने, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु