global ime bank Long Banner Ad

गृहपृष्ठ चार दिनपछि यातायात सञ्चालन

चार दिनपछि यातायात सञ्चालन

चार दिनपछि यातायात सञ्चालन

पश्चिमी सीमा नाका गड्डाचौकीस्थित महाकाली नदीमाथिको पुलमा आज साँझदेखि यातायात सञ्चालनमा आएको छ ।

महाकाली नदीमा पानीको प्रवाह घटेसँगै चार दिनदेखि बन्द यातायात सञ्चलनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीमा पानीको प्रवाह घटेर ९८ हजार ६२८ क्युसेकमा झरेको छ ।

नदीमा पानीको प्रवाह एक लाख क्युसेक माथि पुगेपछि पुलमा ‘रेड अलर्ट’ जारी गरी तीन र चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइने गरिन्छ ।

अविरल वर्षासँगै नदीको बहाव एक लाख क्युसेक माथि पुगेपछि पुलमा भदौ १६ गतेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु