global ime bank Long Banner Ad

गृहपृष्ठ भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर । भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दुई नगरपालिका र सात वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति भोजपुरका कार्यवाहक प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष अनिशा खड्काले जिल्लालाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूका सहभागितामा भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले खोप तालिकामा उल्लेखित सम्पूर्ण खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताए ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवधारणाले लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोपको पहुँचमा ल्याउने भएकाले आगामी दिनमा उक्त उपलब्धिलाई निरन्तर कायम राख्ने लक्ष्य लिएको स्वास्थ्यकर्मीको प्रतिबद्धता छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु