global ime bank Long Banner Ad

गृहपृष्ठ प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा प्रारम्भ

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा प्रारम्भ

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको जात्रा प्रारम्भ
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा लाग्ने जात्रा सुरु भएको छ । मेला भाद्र शुक्ल द्वादशीबाट सुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका मूल पुजारी देवदत्त भट्टले जानकारी दिए ।
भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको उनले बताए । । सोही प्रचलनअनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको छ ।
भाद्र शुक्ल द्वादशीबाट जात्रा सुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरुले आजैदेखि मन्दिरमा बस्न सुरु गरेको पुजारी भट्टले बताए । चतुर्दशीका अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीले जात्रा ल्याउने प्रचलन रहिआएको छ ।
परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रहिआएको हो । यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको स्थानीय दीपेन्द्र बोहराले बताइन ।
भाद्र शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन रहिआएको छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रहिआएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष एवं भण्डारे चक्रबहादुर बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत दर्शनका लागि पुग्ने गर्दछन् ।
महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्यपूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको भण्डारे बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलामा देउडासमेत हुने गरेको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु