global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेमबहादुर थापा रहेका छन् ।

सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषासहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु