गृहपृष्ठ आज २०८२ भदौ १९ बिहीबारको राशिफल, तपाईको दिन कस्तो रहला
आज २०८२ भदौ १९ बिहीबारको राशिफल, तपाईको दिन कस्तो रहला
वि.सं.२०८२ साल भाद्र १९ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–द्धादशी, ५० घडी २२ पला, रातको १ बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराषाढा, ४२ घडी ३१ पला, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त श्रवण । योग–सौभाग्य, २४ घडी ४१ पला, दिउसो ३ बजेर २४ मिनेट उप्रान्त शोभन । करण–बव, दिउसो १ बजेर ४८ मिनेट उप्रान्त बालव, रातको १ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर । वामन द्वादशी ९वामन जयन्ती०। दही दान। इन्द्रध्वज उत्थान गर्ने दिवस ९मतछोयके०।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी तथा प्रशासनिक काम गर्दा विचार पुरयाउनु होला । समस्य । अध्ययनमा मन जाने छैन । पारिवारिक सम्बन्धमा चिसोपनको महसुस हुनेछ भने आफन्तहरू टाढिने हुँदा मन खिन्न रहनेछ । तर पनि व्यापार तथा शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ । प्रेम सम्बन्धमा खासै सकारात्मक देखिदैन । व्यापार व्यवसाय भने राम्रो हुने योग देखिन्छ । धार्मिक यात्रा हुने सम्भावना छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानी कम हुनेछ । सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्नेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन आर्जन गर्न सकिने छ । साझेदारी व्यवसायमा गरिएको लगानी राम्रो हुनेछ । व्यापारकै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेममा सफल हुने छ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या देखिने । काममा ढिला सुस्त, वैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागी टरेर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरे नाफा कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उपहार प्राप्त हुनेछ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहति जुट्नेछ । अध्ययनमा मन जाने । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । प्रेममा सामान्य मनमुटाब नहोला भन्न सकिन्न । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथ दिनेहरू कमै भेटिनेछन् । मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाईमा मन जाने छैन । यात्रा कष्टकर हुन सक्छ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) असजिलो परिस्थितीहरुलाई बुद्धिमत्तापूर्वक सहजतामा ढाल्न सकिनेछ ।मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । राम्रा तथा विलासिताका बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दैनिक खर्च बढाउनेछ । स्वास्थ्यमा समस्या आउने छ । खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन जाने छैन । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । आफन्तसँग मनमुटाब हुनेछ । लामो दुरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापार तथा शेयर बजारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
प्रकाशित समय : ०६:२२ बजे




















