global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायतमा तापक्रम तीव्र वृद्धि

बेलायतमा तापक्रम तीव्र वृद्धि

बेलायतमा तापक्रम तीव्र वृद्धि

बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाम अहिलेसम्मकै सबैभन्दा उच्च तापमान भएको मौसमीय अवधिका रूपमा पुष्टि गरिएको छ ।

जुन १ देखि अगस्ट ३१ सम्मको अवधिमा बेलायतको औसत तापक्रम १६.१० डिग्री सेल्सियस मापन गरिएको छ, जुन दीर्घकालीन औसतभन्दा १.५१ डिग्रीले बढी हो । यसले सन् २०१८ को १५.७६ डिग्रीको अघिल्लो कीर्तिमानलाई पार गरेको छ ।

मेट अफिसकी मौसमविद् एमिली कार्लिसलका अनुसार यो निरन्तर तापक्रम वृद्धिमा विभिन्न कारणहरूको भूमिका रहेको छ । यी सबैले वातावरणमा ताप जम्मा हुने र लामो समयसम्म टिकिरहने अवस्था बनाएका छन् ।

सन् २००० यता बेलायतमा सबैभन्दा उच्च तापक्रम भएका पाँचवटा गर्मीयामहरू मापन गरिएका छन्, जुन जलवायु परिवर्तनको गम्भीर सङ्केत हो ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु