गृहपृष्ठ नेपालगन्जमा यु १४ फुटबल हुने
नेपालगन्जमा यु १४ फुटबल हुने
बाँके जिल्ला फुटबल संघको आयोजनामा यु १४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता शनिवार सुरु हुने भएको छ ।
नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए ।
शाहीले भने, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’
प्रकाशित समय : २०:२५ बजे



















