गृहपृष्ठ सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित
सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले सङ्घीय निजामती विधेयक पारित गरेको हो ।
निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको बैठकले विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिलाई समेत सच्याएको छ ।
प्रकाशित समय : १९:४३ बजे



















