global ime bank Long Banner Ad

गृहपृष्ठ संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति

संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति

संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति

रामेछाप । नेपाल सरकारले तयार गरेको संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि रामेछापका नागरिक संस्थाहरूले असहमति जनाएका छन् ।

ती बुँदाहरूमा संशोधनको माग राख्दै सामाजिक संस्थाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

मस्यौदा विधेयकमा १८ वटा संशोधनको माग राखी संशोधन सहितको ध्यानाकर्षण पत्र बुझाइएको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए । जिल्लाका १५ वटा नेटवर्किङ संस्था र १२ वटा नागरिक संस्थाहरूको तर्फबाट ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

यही मस्यौदा विधेयक कानुन बनेर आएमा नागरिक संस्था चल्नै नसक्ने कँडेलले बताए । विधेयकले सामाजिक संस्थालाई पनि निजी कम्पनी जस्तो बनाउन खोजेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी थापाले नागरिक संस्थाहरूबाट आएको सुझाव जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइदिने बताए ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु