global ime bank Long Banner Ad

गृहपृष्ठ सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता

सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता

सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता

इटहरी । मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।

अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

स्ववियूकी कोषाध्यक्ष सविना थापाका अनुसार सो रकम कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमति बिना नै निकासा गरिएको थियो । जसले स्ववियूको विधान, परम्परा र मूल्य मान्यताको उल्लंघन गरेको भन्दै आपत्ति जनाइएको हो ।

तर पछि अध्यक्ष ओझाले रकम क्याम्पस खातामा फिर्ता गरेको प्रमाण प्रशासनले दिएको छ । साथै उनले विज्ञप्ति मार्फत स्पष्टिकरणसहित माफी मागेका छन् । क्याम्पस प्रशासनले समेत कमजोरी स्वीकार गर्दै भविष्यमा यस्ता त्रुटी नदोहोरिने प्रतिबद्धता जनाएपछि स्ववियूले तालाबन्दी खोल्ने निर्णय गरेको हो ।

विद्यार्थी आन्दोलनका कारण क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको असुविधाप्रति स्ववियूले क्षमा मागेको छ ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु