गृहपृष्ठ स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा

स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा

स्थानीय तहमा निर्वाचित ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा परेका छन् । महिलाको सुकर्मलाई सञ्चार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘शी लिड्स आइकन’ कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका हुन् ।

कल्प इम्पावर वुमन नेपालको महिलाको राजनीतिमा सहभागिता प्रवर्द्धन परियोजनाअन्तर्गत आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपश्चात् दोस्रो संस्करणका रूपमा अगाडि बढाइएको हो ।

आयोजक संस्थाका अनुसार यसपटक देशभरबाट १३१ आवेदन प्राप्त भएमध्ये १११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए । निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्डा तथा लैङ्गिकता विशेषज्ञ सरु जोशी रहनुभएको थियो । छनोटमा स्थानीय तहका सात प्रमुखरअध्यक्ष र २४ उपप्रमुखरउपाध्यक्ष रहेको छ ।

समितिले मूल्याङ्कनपछि कोशी प्रदेशबाट प्रमिला राई (भोजपुर), विपना कुलुङ (सोलुखुम्बु), विष्णुकुमारी लिम्बु (इलाम) र सविता राई (सोलुखुम्बु) रहेको छ । यस्तै, मधेस प्रदेशबाट विद्या देवी भुजेल (धनुषा), कल्पना कुमारी कटुवाल ९सर्लाही०, गीता चौधरी ९सप्तरी०, गोकुलीकुमारी रेग्मी ९पर्सा० र रिनाकुमारी साह (रौतहट) हुनुहुन्छ ।

बागमती प्रदेशबाट सिता माया गुरुङ ९धादिङ०, गायत्री आचार्य ९दोलखा०, मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा ९मकवानपुर०, बालकुमारी कार्की ९रामेछाप०, गण्डकी प्रदेशबाट हिरादेवी शर्मा ९पर्वत०, भागवती रेग्मी अर्याल ९स्याङ्जा०, पद्यमा गुरुङ ९लमजुङ० र चन्द्रकला अधिकारी ९कास्की० छनोट भएको छ ।

लुम्बिनी प्रदेशबाट विनाकुमारी भट्टराई (बर्दिया), हुमाकुमारी डिसी (दाङ), निरमाया तरामु ९गुल्मी० र मिना थापा ९रोल्पा०, कर्णाली प्रदेशबाट देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी ९सुर्खेत०, धर्मकला शाही ९कालिकोट० र सीता जैसी (जाजरकोट) रहेको छ ।

सुदूरपश्चिम प्रदेशबाट जमुनाकुमारी बोहरा ९डोटी०, सुशीला शाही ९कैलाली०, ज्ञानुकुमारी सेटी देउवा (डडेल्धुरा), डोल्मा तामाङ ९बझाङ०, लक्ष्मी धामी रोकाया (डोटी) हुनुहुन्छ ।

आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाले छनोटमा परेका ३१ महिला जनप्रतिनिधिलाई आगामी भदौ १६ गते एकदिने तालिम र भदौ १७ गते सञ्चारकर्मीसँग अन्तरक्रिया र उनीहरूको कामलाई सार्वजनिक गर्न कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रवर्द्धन गर्ने योजना रहेकोे जानकारी दिए ।

यस्तै, पुस १८ देखि २० गतेसम्म काठमाडौँमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना गरिने र पुस २२ गते अवार्ड समारोहमार्फत ३१ मध्ये सात जनालाई ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिने बताएको छ ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु