काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

3.8K
shares

मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ ।

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरु जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताए ।

महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताए ।

महिलाहरुले पूजा सकाएपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचनपर्व सम्पन्न भएपछि  परिवारका सदस्यहरु आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ ।