काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

1.66K
shares

मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ ।

मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।

सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरु पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुँवरले प्रदेशमा पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताए ।

बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरुको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिए ।