काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट

2.38K
shares

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट पाइने भएको छ।

सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।