global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक वृद्धिदर ४.६१ प्रतिशत : राष्ट्र बैंक

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत : राष्ट्र बैंक

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत : राष्ट्र बैंक

आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको देशको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांक (२०८२ असार) मा आधारित)’ मा उक्त विवरण उल्लेख छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार वार्षिक औसत मुद्रास्फिति ४.०६ प्रतिशत छ। अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फिति ५.४४ प्रतिशत थियो। शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो।

आर्थिक वर्ष २०८१/८२ मा आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ। २०८२ असारको विप्रेषण आप्रवाह १८९ अर्ब ११ करोड छ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ। उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु