गृहपृष्ठ भारतीय ब्याटर पुजाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
भारतीय ब्याटर पुजाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारेमा जानकारी दिएका हुन् ।
सन् २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यु गरेका चेतेश्वर पुजाराले १ सय ३ टेस्ट क्रिकेटमा १९ शतक र ३५ अर्धशतकसहित ७ हजार १ सय ९५ रन बनाएका छन् । उनको व्यक्तिगत उत्कृष्ट रन नटआउट २ सय ६ रहेको छ । पुजाराले आफ्नो अन्तिम टेस्ट सन् २०२३ जुनमा अस्ट्रेलियासँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलेका थिए ।
सन् २०१८–१९ मा भारतले अस्ट्रेलियामा ४ टेस्ट शृङ्खला जितेको थियो । यो ऐतिहासिक जीतमा पुजाराले १ हजार २ सय ५८ बल खेल्दै ३ शतक बनाएका थिए । पुजारा शृङ्खलाको सर्वाेत्कृष्ट खेलाडी पनि भए ।
प्रकाशित समय : १५:०७ बजे



















