global ime bank Long Banner Ad

गृहपृष्ठ अनुमति बिना स्टिकरको प्रयोग निषेध

अनुमति बिना स्टिकरको प्रयोग निषेध

अनुमति बिना स्टिकरको प्रयोग निषेध

चितवन ।प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो । नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाएका छन् ।

प्रमुख प्रहरी निरीक्षक अनिल थापाले कालो स्टिकर कर्ताले लागुऔषध, चोरीका सामान, हातहतियार ओसारपसार, अपहरण तथा शङ्कास्पद वस्तु ओसारपसार गरेको शङ्का लागेकाले हाललाई कालो स्टिकर प्रयोगमा रोक लगाइएको जानकारी दिए ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु