गृहपृष्ठ कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला
कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो ।
उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीले कार्गो बाकसबाट नौगेडी ठूलो २२ थान, सानो ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २० थानलगायत सुनचाँदीको गरगहना बरामद गरेको छ ।
प्रकाशित समय : १२:४४ बजे


















