पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड
वि.सं.२०८२ भदौ ६ शुक्रवार ११:३७
shares

पिपुल्स पावर लिमिटेडलेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको हो ।
कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम सेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
निष्कासन अवधिभर रितपूर्क आवेदन दिएका ९१ हजार ९३८ जना सेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँड भएको छ ।

























