गृहपृष्ठ रामेछापमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध
रामेछापमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध
लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिएपछि त्यस क्षेत्रको सवारी आवागमन बन्द भएको छ।
यो सडक खण्डमा काठमाडौंबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधनहरू रोकिएका छन्।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।
प्रकाशित समय : ११:१३ बजे


















